पोखराको हेम्जामा सिद्धार्थ बैंकको नयाँ शाखा


सिद्घार्थ बैंकले पोखराको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नया शाखा बिस्तारसँगै सिद्घार्थ बैंकको शाखा संख्या १७३ पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० एटिएम र १ हजार ६०० भन्दा बढी स्थानमा पिओएस मेसिनबाट सेवा दिदै आएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार  १९ : ५४ बजे