सानिमा बैंक र दराजबीच नयाँ वर्ष योजनाका लागि सहकार्य

0
Shares

सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटपर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा अनुसारको छुट पाउने व्यवस्था गरिएको छ ।

सानिमा डोमेस्टिक डेबिट कार्डमा ८ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म छुट पाइनेछ भने सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म छुट पाइनेछ । साथै सानिमा डोमेस्टिक डेबिट/क्रेडिट कार्डमा २० प्रतिशतदेखि दुई सय रुपैयाँ छुट पाइने भएको छ ।

ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।