जिल्ला नगरतर्फबाट महासंघ कार्यकारिणी सदस्यमा को को भए विजयी ?


नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको सदस्यहरुको मतगणना सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगरतर्फको मतगणना सकिएको हो ।

जिल्लानगरमा उमेशलाल श्रेष्ठ समूहको ११ जना तथा अन्जन समूहबाट ७ जना कार्यसमितिमा निर्वाचित भएका छन् ।

मतगणना अनुसार जिल्ला नगरतर्फको सदस्यमा अमरेश चन्द्र बैदार, प्रयास कार्की, नवीन रिजाल, कल्पना गैरे, उमेश डालमिया, मन्जु कुमार श्रेष्ठ कोजु, किशोरकुमार आचार्य, मोहनप्रसाद श्रेष्ठ, तारा बहादुर कार्की, अनिल कृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक केसी, केशवप्रसाद भण्डारी, अब्दुल वाहिद मन्सुरी, बेदबहादुर श्रेष्ठ, पुष्पराज कुँवर र कृष्ण कटुवाल निर्वाचित भएका छन् ।

जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जिल्ला नगरतर्फ ११७ मत खसेकोमा ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।

कसको मत कति ?

१ मोहन प्रसाद श्रेष्ठ ९१

२ प्रयास कार्की ८८

३ अमरेश चन्द्र बैदार  ८१

४ तारा बहादुर कार्की ८१

५ नवीन रिजाल ७९

६ कल्पना गैरे ७७

७ उमेश डालमिया ७३

८ उज्ज्वल प्रसाद कसजु ७२

९ बेदबहादुर श्रेष्ठ ७२

१० मन्जु कुमार श्रेष्ठ कोजु ७०

११ अब्दुल वाहिद मन्सुर ७०

१२ किशोर कुमार आचार्य ६९

१३ कृष्ण कुटवाल ६७

१४ केशब प्रसाद भण्डारी ६७

१५ पुष्पराज कुंवर ६६

१६ गोकुल श्रेष्ठ ६४

१७ निरक के.सी.६४

१८ अनिलकृष्ण श्रेष्ठ ६३

वस्तुगत उपाध्यक्षमा उमेशलाल टीमका हेमराज ढकाल विजयी

वस्तुगततर्फको मतगणना सकियो, को को भए निर्वाचित ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।