सिटिजन्स बैंकको १६ औं वार्षिक उत्सवको अवसरमा छुटै छुटको योजना


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्र्दै बैंकले वैशाख १ गते देखि ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोवारमा भारी छुट तथा क्यासब्यकलगायतका योजनाहरु सार्र्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविट\क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक दिइने छ ।

यसैगरी क्यु आर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय वा बढीको कारोबार गर्दा १६ वा बढिमा २ सयसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ(कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ(कम कार्ड लिन चाहनु हुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ ।

साथै बैंकका निष्कृय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बंैकिङ्ग मार्फत ५ रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सयसम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ । यस्ता नगद रहित कारोवारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।