वरिष्ठ उपाध्यक्षको मतदान ४ बजेलाई सर्यो, सहमतिको प्रयास हुँदै


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको मतदान २ घण्टा पर धकेलिएको छ ।

बिहीबार २ बजेदेखि सुरु हुने भनिएको मतदान ४ बजेदेखि गरिने सूचना निर्वाचन समितिले सार्वजनिक गरेको हो ।

पहिलो चरणको मतदानमा रामचन्द्र संघई बाहिरिएका थिए भने दोस्रो चरणमा आएका उमेशलाल र अन्जन श्रेष्ठका बिचमा फेरी मतदान हुन लागेको हो ।

स्रोतका अनुसार अन्जन र उमेशलालका बिचमा सहमतिको प्रयास थालिएकाले निर्वाचनको समय पर सारिएको हो ।

सहमति नजुटेको खण्डमा जिल्लारनगर एशोसिएट र बस्तुगतबाट मतदान हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।