एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा सहमति जुट्यो, अन्जन श्रेष्ठका लागि उमेशलालले छाडे वरिष्ठ


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचनमा सहमति जुटेको छ ।

दिउँसो २ बजेदेखि सुरु हुने भनिएको निर्वाचन पछि सारेर गरिएको सहमतिको प्रयासले सार्थकता पाएसँगै अन्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्ष बन्ने भएका हुन् ।

दोस्रो चरणमा पुगेका उमेश लाल श्रेष्ठ र अन्जन श्रेष्ठका बिचमा सहमति भएको हो । पूर्व अध्यक्ष, बरिष्ठ उपाध्यक्षलगायतका पदाधिकारी तथा उद्योगी व्यवसायी सम्मिलित सहमतिको छलफलले अन्जनलाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय गरेको हो । उमेशलाल पछि हट्न तयार भएका कारण सहमति जुटेको छलफलमा सहभागि एक पुर्व अध्यक्षले नोटबजारलाई जानकारी दिए ।

उनका अनुसार सम्भव उमेशलाललाई बिशिष्ट सदस्यमा ल्याउने गरी सहमति भएको हो ।

सहमति जुटेसँगै दुई पक्षका बिचमा हुने भनिएको निर्वाचन कार्यतालिका पूर्णरुपमा स्थगित भएको छ । तिब्र राजनितिक हस्तक्षेप बढेको महासंघ निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका साथै उनकी पत्नी आरजु देउवा समेतको चासो उत्कर्षमा पुग्दा अन्जनको पक्षमा माहोल बनेको हो ।

रामचन्द्र संघई पहिलो चरणमा बाहिरिएपछि दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे हुने भनिएको थियो । सहमतिका लागि भन्दै उक्त निर्वाचन कार्यतालिकालाई पछि सारिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।