पोखरा फाइनान्सको नाफामा गिरावट


पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको चैतसम्मको तुलनामा ४ प्रतिशत अर्थात २४ लाख रुपैयाँले थोरै हो । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३१ करोड २० लाख रुपैयाँ सञ्चित छ । सो अवधिमा फाइनान्सको कर्मचारी खर्च र अन्य सञ्चिालन खर्चमा वृद्धि हुदा फाइनान्सको नाफा घटेको हो ।
चैत्र मसान्तसम्ममा ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब २० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालु आवको चैतसम्ममा १८ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फाइनान्सको व्याज आम्दानी भने गत आवको तुलनामा ४८ प्रतिशतले धेरै हो ।
हाल फाइनान्समा निष्कृय कर्जा १.४ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४० पैसा छ । मूल्य आम्दानी अनुपात १३.६१ गुणा बढी छ ।