प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन छुट

0
Shares

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ ।

“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म संचालनमा आउने जनाएको छ । यो अवधि भित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १००% छुट पाउन सक्ने क्यापिटलले जनाएको छ ।

ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्ने जनाएको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ वैशाख २०८०, मंगलबार  १७ : २६ बजे