वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउन सेभ द चिल्ड्रेनको “साथी” अभियान

0
Shares

वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले “साथी ”अभियान अगाडि सारेको छ ।

विश्वमा यतिबेला नेपालको राजधानी काठमाडौं ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत छ । यस सन्दर्भमा सेभ द चिल्ड्रेनले पृथ्वी दिवसको अवसर पारेर देशव्यापी अभियान संचालन गर्न लागेको हो ।

यस अभियानमा साथी अर्थात सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । यस अभियानमा अन्य संघसंस्था र बालबलिका तथा युवा अभियन्ताको साथ रहनेछ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक, हेदर क्याम्पबेलका अनुसारः “साथीू एयर बियर वायु प्रदुशणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।