प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, बैशाख २८ गतेभित्र आवेदन दिन आह्वान


प्राइम कमर्सियल बैंक लिमिटेडले ५० हजार ६३६ कित्ता सेयर संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर बिक्रीका लागि बैंकमा निवेदन आएपछि बैंकले उक्त सेयरको बिक्री खुला गरेको हो ।

बैंकको सूचनामा आज बैशाख १९ गतेदेखि बैशाख २८ गतेभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट प्रस्ताव आह्वान गरिएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले थापाथली स्थित एनआइसी एसिया क्यापिटल लिमिटेडमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

सेयर बिक्रीको लागी संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ । उक्त म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले सूचनामा उल्लेख गरेको छ ।

सेयरको न्यूनतम खरिद मूल्य १२० रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि न्यूनतम ५ हजार कित्ताको आवेदन दिनुपर्ने छ भने अधिकतम सबै कित्ता खरिद गर्न सकिने छ । आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्ष्रमा स्पष्ट लेख्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।