माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?


माई खोला हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट सेयर बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ भाग्यशाली १ लाख २६ हजार ९४१ जनाले प्राप्त गरेका छन् । जसमध्ये एकजनाले ११ कित्ता प्राप्त गरेका छन् भने १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्ध भएको छ ।

कम्पनीले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बरारबको १५ लाख २९ हजार ४११ कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

आईपीओ भरेका लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्न विकास गरेको वेवसाइट, मेरो सेयर एकाउन्टको एप्लीकेसन रिर्पोर्ट र आईपीओ निष्कासक कम्पनी प्रभु क्यापिटलको वेवसाइट मार्फत नतिजा हेर्न सक्नेछन् ।

कम्पनीले सञ्चालन गरिरहेको ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.०१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.७४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष ६ महिना बाँकी रहेको छ। कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायीक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।