सिटिजन लाइफको छैटौं वार्षिक साधारण साभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ पनि आउँदै

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण साभा सम्पन्न बिहीबार सम्पन्न भएको छ ।

प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको कम्पनीको साधारण सभाले अध्यक्षको मन्तब्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सिटिजन लाइफले प्रिमियम मूल्यमा सेयर जारी गर्न पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा समेत निवेदन दिएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्यमा १९० रुपैयाँ प्रिमियम थप गरेर सर्वसाधारणमा सेयर बिक्री गर्न अनुमति मागेको कम्पनीले कर्मचारीका लागि भने अंकित मूल्यमा नैसेयर बिक्री गर्ने जनाएको छ ।

कुल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्रीको लागि २०७९ चैत ५ गते आवेदन दिएको छ । कम्पनीकोधितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।