प्रभु र सेञ्चुरी क्यापिटलको एकीकृत कारोबार सुरू

0
Shares

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति पश्चात् जेठ १ गते सोमबारदेखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरू गरेको छ।

प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरिसकेका कारण सहायक कम्पनीहरू पनि एक भएका हुन् ।

प्राप्ती पछि प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब २० करोड पुगेको छ । प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र सेञ्चुरी क्यापिटलको २० करोड रुपैयाँ थियो । एकीकृत कारोबार पश्चात प्रभु क्यापिटल पुँजीका आधारमा मर्चेन्ट बैंकमा सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

यी दुबै क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभु क्यापिटललाई अनुमति प्रदान गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।