सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट

0
Shares

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्घन गर्ने उद्देश्यले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेलसंग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्टबाट नेपालपे स्मार्ट क्युआर स्क्यानगरि देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन्।

यो योजना आगामी असार २१ गतेसम्मका लागि लागु गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।