सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ


सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले आफ्नो पदको शपथ लिएका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष कयालले शपथग्रहण लिएका हुन् ।

कम्पनीको पाँचौ वार्षिक साधारण सभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सञ्चालकहरु निर्वाचित गरेको थियो । साधारण सभा पश्चात सोहि दिन बसेको सञ्चालक समितिको १२३ औं बैठकले कम्पनीका सञ्चालक कयाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।