लेखापरीक्षणको गुणस्तर सुधार्न महालेखालाई यूएसएडको १३ करोड सहयोग

0
Shares

अमेरिकी अन्र्तराष्ट्रिय विकास सहयोग एजेन्सी(यूएसएड)ले महालेखापरीक्षकको कार्यालयलाई १३ करोड १० लाख रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ । यूएसएडले लेखापरीक्षणको गुणस्तरमा थप सुधार कार्यक्रमका लागि उक्त सहयोग प्रदान गरेको हो ।

यूएसएडको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०२३ देखि २०२६ सम्म सञ्चालन हुनेछ । यूएसएड अडिटर जनरल सर्पोट एक्टीभिटी इन नेपाल कार्याक्रमको शुक्रबार देखि सुरु भएको महालेखापरीक्षकको कार्यलयले जनाएको छ । उक्त कार्यक्रम कार्यवाहक महालेखापरीक्षक राममायां कुँवर र यूएसएड एजेन्सी कन्सुलर क्लिन्टन ह्वाइटले संयुक्त रुपमा सुरुवात गरेका हुन ।

सो कार्यक्रमको उद्देश्य महालेखापरीक्षकको कार्यालयको क्षमता अभिवृद्धि गर्नु, वित्तिय तथा कार्यमूलक लेखापरीक्षणको गुणस्तर वृद्धि गर्नु रहेको छ ।

साथै महालेखापरीक्षकको कार्यालयको संचार रणनीति तय गर्नु, महालेखापरीक्षकको कार्यालयका कर्मचारीहरुको ज्ञान, सीप, क्षमता अभिवृद्धि गरी समग्रमा जनशक्ति विकास तथा लेखापरीक्षणको गुणस्तर सुधार गर्नु रहेको छ ।

कार्यवाहक महालेखापरीक्षक राममायां कुँवरले जनशक्ति विकास, संस्थागत क्षमता अभिवृद्वि र लेखापरीक्षण कार्यको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका रहने बताइन ।

युएसएडको सहयोगबाट महालेखापरीक्षकको कार्यालयको क्षमता अभिवृद्धि गर्ने लक्ष्य हासिल हुने क्लिन्टन ह्वाइटले बताए । सो सहायता अन्तर्गत सञ्चालन हुने क्रियाकलापवाट पारदर्शिता, उत्तरदायित्व र सदाचारको माध्यमवाट वित्तीय सुशासन अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरेको उनले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।