प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक

0
Shares

एक आपसमा मर्जर प्रकृयामा रहेका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ लोगो सार्वजनिक गरेका छन् ।

संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरेको हो ।

नियामक निकाय नेपाल नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसँगै नयाँ लोगो सार्वजनिक गरिएको हो । दुई कम्पनीहरुले असार महीनाभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । एकीकृत कारोबारका लागि दुबै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफको देशैभरी १६७ शाखारउपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन । प्रभु लाईफको बोनस सेयर जारीपछि दुबै कम्पनीको गरी चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ हुनेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजीको लागि एकीकृत कारोबारपछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।