एशियन लाइफको ८.५० प्रतिशत बोनस वितरण

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर वितरण भएको छ । कम्पनीले बैशाख ७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको जनाएको हो ।

कम्पनीको बैशाख १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर पारित भएको थियो । सोही बोनस कम्पनीले वितरण गरेको हो ।

साथै इन्स्योरेन्स कम्पनीले हालसम्म कागजी सेयर धारण गरेका सेयरधनीलाई उक्त सेयर डिम्याट खाता अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।