नेप्से ४.७५ अङ्कले बढ्यो, सोल्टी होटलको सर्वाधिक कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लागेर २०५५ दशमलव ५३ विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३० अङ्कले ओरालो लागेर ३८५ दशमलव ८१ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको इन्डेक्स उकालो लागेको छ भने ९ उपसमूहको ओरालो लागेको छ ।

कूल ८० लाख ८ हजार २४६ कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । कुल २७६ कम्पनीको सेयर कारोबारमा आएकोमा ८३ को बढेको छ भने १७८ को घट्ला १५ कम्पनीको स्थीर रहेको छ ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन डिष्टिलरी १५ करोड २ लाख ७६ हजार १८७, शिवम् सिमेन्ट १४ करोड ७५ लाख ४२ हजार १८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स १३ करोड २३ लाख ५४ हजार ७८७ र नागरिक लगानी कोष १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, सिटी होटलका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् ।  सिटिजन म्युचुअल फण्ड पहिलो ८.४१, इङ्वा हाइड्रोपावर ७.५३, नेष्डो समृद्धि लघुवित्त ७.१८, कालिका पावर कम्पनी ६.९१ र एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले ५.४६ प्रतिशतले गुमाएका छन् ।

आज कारोबार संख्याका आधारमा हिजो मंगलबारदेखि दोस्रो बजारमा कारोबार खुलेको इङ्वा हाइड्रोपावरको सर्वाधिक २९३८ वटा कारोबार भएको छ । सोल्टी होटलको ५ लाख ९५ हजार ६०२ कित्ता सेयर खरिद बिक्री हुँदै कारोबार कित्ताका आधारमा शीर्ष स्थानमा छ ।

बुधबार कारोबारपछि समग्र बजार पूँजीकरण ३० खर्ब १० अर्ब ४३ लाख १५ हजार रुपैयाँमा झरेको छ । बुधबार समग्र बजार पूँजीकरण ३० खर्ब ३ अर्ब ४७ लाख ९१ हजारमा समेटिएको थियो । अघिल्लो दिनको तुलनामा ६ अर्ब ९५ करोडले बजार पुँजीकरण बढेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ असार २०८०, बिहीबार  १७ : ५२ बजे