धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाले यअि असार २० गते देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र त्यसअघि दुबै कम्पनीको साधारण सभाबाट मर्जर सम्बन्धी अन्तिम स्वीकृति पाएसँगै दुबै लघुवित्तबीच मर्जर सम्पन्न भई असार २० गते बुधबारदेखि संयुक्त कारोबार हुने भएको हो ।
धौलागिरी र खप्तड लघुवित्तलाई १० बराबर ७.५ कित्ता सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज भएका हुन् । यसअनुसार खप्तड लघुवित्तका १० कित्ता सेयर हुने सेयरधनीले एकीकृत संस्थाको ७.५ कित्ता सेयर पाउनेछन् । धौलागिरी लघुवित्तको साबिक सेयर संख्या नै कायम हुनेछ ।
मर्जरपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत हुनेछ । मर्जर पश्चात कायम हुने संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ्ग नगरपालिका वडा नंम्बर २, बाग्लुङ्ग रहनेछ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको मर्जरका लागि जेठ २४ गते बुधबार अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो । यसअघि गत वैशाख १६ गते वार्षिक साधारण सभा मार्फत दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । दुई लघुवित्त कम्पनीबीच २०७९ मंसिर १८ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
मर्जर गरेका दुबै कम्पनीले गत वर्षमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेका थिए । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको थियो ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया