नेप्सेमा ६ कम्पनीको ९५ लाख ४६ हजार कित्ता बोनस सूचीकृत, नयाँ तीन कम्पनीको सेयर पनि थपियो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता नेप्सेमा विभिन्न ६ कम्पनीको ९५ लाख ४६ हजार ९३२ दशमलव २६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार असार ३ गतेदेखि ८ गतेसम्ममा एशियन लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, साना किसान विकास लघुवित्त, उपकार लघुवित्त, नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । यस साता सूचीकृत भएका बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

कुन कम्पनीको कति ?

यो सातामा एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८९४ दशमलव १२ कित्ता, कामना सेवा विकास बैंकको १३ लाख ८५ हजार ८७६।४६ कित्ता र साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४७५ दशमलव ६९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी नेप्सेमा उपकार लघुवित्तको चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २३५ कित्ता, विजय लघुवित्तको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता र नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४५० दशमलव ९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

इङ्वा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स र यूनिक नेपाल लघुवित्तको सेयर सूचीकृत

यस्तै यसै साता इङ्वा हाइड्रोपावर, मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स र यूनिक नेपाल लघुवित्तको एफपीओ पनि सूचीकृत भएको छ ।

साबिक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड २ लाख ३ हजार ८३७ कित्ता सेयर नेप्सेमा बुधबार सूचीकृत भएको थियो । तीन कम्पनीहरु १ः१ः१ को समान सेयर अनुपातमा कायम हुनेगरी एक आपसमा मर्जर भएका हुन् ।

यस्तै नेप्सेमा आइतबार यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको थप नयाँ निष्कासन (एफपीओ) सूचीकृत भएको थियो । संस्थापक साधारण सेयर अनुपात मिलाउन यूनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री गरेको थिो ।

यस्तै सोमबार इङ्वा हाइड्रोपावरको आईपीओ सहित अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता सेयर पनि यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ । कम्पनीको सेयर मंगलबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भैसकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।