प्रभु बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीकोे नाममा रहेको ७ लाख १७ हजार ९०७ कित्ता सेयर बिक्रीका लागी ल्याएको हो ।

जसमध्ये ६ लाख १ हजार २३४ कित्ता सेयर संस्थापकका लागी र १ लाख १६ हजार ६७३ कित्ता सेयर अन्य व्यक्ति संस्था वा कम्पनीको लागी बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरुले उक्त कित्ता सेयर खरिदका लागी आज आइतबारदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीबाट ६ लाख १ हजार २०३ कित्ता सेयरमा आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ । यस्तै आम सर्वसासाधारणका लागि बिक्री खुला गरेको १ लाख १६ हजार ६७३ कित्ता सेयरमा १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनुपर्ने छ ।

बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले आम सर्वसाधारणका लागी आवेदन खुलाइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।