मुलुकभर हालसम्म २७ प्रतिशत धान रोपाइँ

0
Shares

मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिएका छन् ।

प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।

आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।