कुथेली बुखरी स्मल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बाँडफाँड गरिसकेपछि असार २६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला गरको थियो ।

कम्पनीले वैदेशिक रोजागरीमा रहेका, कर्मचारी र म्युचुअल फन्डलाई छुट्टाएर बाँकी रहेको १ करोड १ लाख १५ हजार १०० रुपैयाँ बराबरको १ लाख १ हजार १५१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधरणमा बिक्री खुला गरेको हो ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० देखि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयर मोबाइल एप तथा वेवसाइट मार्फट अनलाइन माध्यमबाट आवेदन दिन सकिनेछ । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट फारम भरेर समेत आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘ईक्रा एनपी आईआर त्रिपल बी इस्युअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरु समयमै वित्तीय दायित्व बहन गर्ने क्षमताका सम्बन्धमा मध्यम जोमिखमा रहेको संकेत गर्दछ । रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० कार्तिक २४ गतेसम्म कायम रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।