सुनको भाउमा लगातार तीन दिन वृद्धि, चाँदी पनि उकालो यात्रामा


छापावाला सुनको भाउ तीन दिनमा १२ सय रुपैयाँले बढेको छ । बुधबार ३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ८ सय रुपैयाँले बढेको थियो । शुक्रबार सुनको भाउ १ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको भाउ १ लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको भाउ १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता शुक्रबार चाँदीको भाउ १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ४४० सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ ४० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा महासङ्घले नेपालमा सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९६० दशमलव ६६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।