खराब कर्जा बढ्दा लुम्बिनी विकास बैंकको नाफा प्रभावित, ३.८७% घट्यो


गत आर्थिक वर्ष २०७९–८० मा खराब कर्जा अनुपातमा वृद्धि भएपछि लुम्बिनी विकास बैंकको खुद नाफा प्रभावित भएको छ ।

गत आवको अन्त्यसम्ममा बैंकले ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८७ प्रतिशत कम हो । बैंकले अघिल्लो आव ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आवको तुलनामा बैंकको खराब कर्जा अनुपात १.३३ प्रतिशत बिन्दुले बढेर ३.०१ प्रतिशत पुगेको हो । खराब कर्जासँगै बैंकको इम्पेरिमेन्ट चार्ज पनि अघिल्लो आवको तुलनामा ३७ करोडले बढेर ४० करोड ३१ लाख नाघेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकल ४९ अर्ब १३ करोड २० लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४१ अर्ब ५६ करोड २५ लाख २४ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । असार मसान्तसम्म बैंकले १ अर्ब ८७ करोड ४२ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा २२ प्रतिशतले बैकको खुद बयाज आम्दानी बढेको हो ।

खराब कर्जा व्यवस्थापनका कारण गत आवमा बैंकको सञ्चालन नाफा ७.७० प्रतिशत घटेर ८६ करोड ९३ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा ९४ करोड १९ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड ६७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ३९ करोड २७ लाख ६२ हजार रुपैयाँ सञ्चित छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसा, प्रति सेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २२.८१ गुणा छ । बैंकको आधार दर १२.०२ प्रतिशत, कस्ट अफ फण्ड ९.८७ प्रतिशत, सीडी रेसियो ८८.७१ प्रतिशत र स्प्रेडदर ४.५८ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।