सानिमा बैंकको एटिएम धादिङको ताल्तीमा


सानिमा बैंक लिमिटेडले धादिङको ताल्तीमा एटिएम बुथको स्थापना गरेको छ । उक्त एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल,बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ र बाग्मती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले समुद्घाटन गरेका हुन् ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेलले गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिए ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम. स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद दिइन् । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।