प्रभु बैंकको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख २५ हजार ९३७ कित्ता सेयर बिक्रीका लागी ल्याएको हो ।

बैंकले ३ लाख ८ हजार ८२९ कित्ता सेयर संस्थापक सेयरधनीको लागि र ९ लाख १७ हजार १०८ कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

संस्थापक सेयरधनीले आज साउन १६ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यस्तै सर्वसाधारणका लागि बिक्री खुला गरेको सेयरमा आजको मितिदेखि १५ दिन भित्र आवेदन दिनु पर्ने छ ।

बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीलाई दिएको ३ लाख ८ हजार ८२९ कित्ता सेयरमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा पुनः आम सर्वसाधारणलाई बिक्री खुला गर्ने बैंकले जनाएको छ । इच्छुक आवेदकले बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।