एक सातामा ७ अर्व निक्षेप र एक अर्ब कर्जा हरायो


बैंकिङ प्रणालीमा निक्षेप अभावको समस्या झनै वढ्दै गाएको छ । बैंशाखको दोस्रोसाता मात्र वित्तीय प्रणालीवाट ७ अर्ब निक्षेप हराएको छ भने एक अर्ब कर्जा घटेको छ ।
बैंशाख ६ गतेपछि बैंकहरुवाट ७ अर्व रुपैयाँ झिकिएको छ । बैंशाख ६ गतेको तुलनामा बैंकहरुको कर्जाको आकार एक अर्बले घटेको हो । गत चैत अन्तिम देखि बैंकहरुको निक्षेप घट्न थालेको हो । गत चैतको अन्तिम सातामा बैंकहरुको ४ अर्व निक्षेप घटेको थियो ।

सो अवधिमा ४ अर्ब निक्षेप घटेको अवस्थामा पनि ७ अर्व कर्जा प्रबाह गरेका थिए । बैंशाखको पहिलो साता बैंकिङ प्रणालीवाट एक अर्ब रुपैयाँ निक्षेप झिकिएको भएपनि कर्जा प्रबाह भने ह्वत्तै वढेको थियो ।

तर, बैंशाखको दोस्रो सातामा निक्षेप तथा कर्जा दुबै घटेको हो । यसले बैंकहरुमा कर्जा लगानी योग्य रकम अभाव वढ्दै गएको स्पष्ट हुन्छ । अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ । बैंकहरुवाट निक्षेप बाहिरएिको अवस्था बैंकहरुलाइ निक्षेप वढाउन झनै चुनौतिपुर्ण छ ।
निक्षेपको अभाव भएपछि बैंकहरुले नयाँ निक्षेप नभएसम्म कर्जा प्रबाह गर्न नसक्ने अवस्था रह्यो ।

गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थात असारमा मात्र १०१ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरुले ४८ अर्ब मात्र कर्जा प्रबाह गरेका थिए । सरकारी खर्च भएको कारण सो अवधिमा बैंकमा निक्षेप वढेको थियो । गत असारमा सरकारी खर्चले मात्र नभै बैंकहरुले क्रत्रिम निक्षेप पनि सृजना गरेको हूनाले निक्षेप वढेको हो ।

चालु आर्थिक वर्षमा सरकारी खर्च अपेक्ष अनुसार नभएपनि दोस्रो त्रैमासदेखि बैंकहरुलाइ निक्षेपको अभाव वढ्न थाल्यो । बैंकहरुको अनुरोध अनरुप सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाई विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपछि त्यसले केही सहज भने भयो । तर, त्यो दिर्घककालीन समाधान भने भएन । अहिलेको सरकारी धुकुटीमा १३० अर्ब जम्मा भएर बसेको छ ।.

सरकारी धुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको नभएको बैंकर बताउछन् । उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन । तर, बैंकहरुले निक्षेप तान्नका लागि अन्य माध्यवाट निक्षेपकर्तालाइ प्रतिफल दिने गरी निक्षेप योजनाहरु सञ्चालन गर्न थालेका छन । चालु आर्थिक वर्षको बैंशाख १३ गतेसम्ममा बैंकहरुले कुल २२९५ अर्ब निक्षेप संकलन गरी २४३८ अर्व रुपैयाँ कर्जा प्रबाह गरेका छन ।