स्वावलम्बन लघुवित्तको ९ महिनाको नाफा २८ करोड, जगेडाकोष अर्ब नजिक

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा भन्दा २१ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा २३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ छ। लघुवित्तको जगेडाकोषमा ९८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ७६ करोड निक्षेपमा संकलन तथा ५ अर्ब ११ करोड सापटी लिएर १३ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले ७६ करोड खुद व्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्कृर्य कर्जा अतुपात ०.९२ प्रतिशत, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ १० पैसा, मूल्य आम्दानीको अनुपात १३.६६ गुणा बढी छ ।