बीमितका परिवारलाई ५० लाख भुक्तानी

0
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले दिवङ्गत एक बीमितका परिवारलाई मृत्यु दाबीमार्फत रु ५० लाख भुक्तानी दिएको छ ।

दमक नगरपालिका–६ स्थित इन्स्योरेन्सको शाखा कार्यालयमा आज एक कार्यक्रम गरी मृत्यु दाबी भुक्तानीमार्फत वडा नं ५ का ४१ वर्षीय स्व गमबहादुर चेम्जोङ्गका श्रीमती राजकुमारी चेम्जोङ्गलाई रु ५० लाखको चेक हस्तान्तरण गरिएको दमक शाखाका स्टार एजेन्सी मेनेजर नारायण योङहाङ्गले जानकारी दिए ।

गत चैतमा बीमा रकमबापत पहिलो किस्ता बुझाएका चेम्जोङ्गको गत असोज २१ गते हृदयघात भई निधन भएको थियो । बीमितका परिवारलाई बीमा नियमअनुसार कम्पनीले उक्त रकम भुक्तानी दिएको उनले बताए ।

बीमा रकमको चेक इलाका प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्य, इन्स्योरेन्सका प्रदेश नं १ प्रमुख भूपराज पराजुली, इन्स्योरेन्सका मृत्यु दाबी भुक्तानी शाखाका प्रमुख ईश्वर सेढाइ, ट्राफिक प्रहरी कार्यालयका प्रमुख यज्ञराज शर्मा लगायतले संयुक्त रुपमा बीमित परिवारलाई हस्तान्तरण गरेका थिए ।