पूँजीबजार विकासका लागि लगानीकोष र भेञ्चर क्यापिटल, अर्थतन्त्रलाई गतिशील बनाउने

0
Shares

सरकारले शेयरबजारको विस्तार तथा विकास गर्नका लागि सामुहिक लगानी कोष तथा भेञ्चर क्यापिटल स्थापना गर्ने भएको छ भने अनावश्यक खर्च कटौती गरी मितव्ययिता कायम गरेर अर्थतन्त्रलाई गतिशील बनाउने उद्घोष गरेको छ ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सरकारले छरिएर रहेका साना पूँजीलाई एकीकृत गरि शेयरबजारमा लगानी बढाउन सामुहिक लगानी कोष र भेन्चर क्यापिटल संचालन गर्ने घोषणा गरेको हो ।

‘पुँजी बजारको विस्तार गर्दै छरिएर रहेका साना पुँजीहरु एकिकृत गरि लगानी योग्य बनाउन समिश्रित वित्त, सामुहिक लगानी र भेञ्चर क्यापिटल जस्ता संयन्त्र परिचालन गरिनेछ ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

लगानीको न्यूनता पूरा गर्न निजी क्षेत्र, सार्वजनिक–निजी साझेदारी र सार्वजनिक, निजी तथा सहकारी साझेदारी र वैदेशिक लगानीलाई प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

साथै देशको औद्योगिक उत्पादकत्व वृद्धि, औद्योगिक क्षेत्र व्यवस्थापन र उद्यमशीलता विकासका क्षेत्रमा क्रियाशील रहेका संस्थाहरूको पुनर्संरचना गरिने,औद्योगिक क्षेत्र व्यवस्थापनमा संस्थागत सुशासन कायम गरिने पनि कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै सेवा तथा कारोबार विद्युतीय माध्यमबाट गरिने भएको छ । विद्युतीय भुक्तानी र हस्ताक्षर कार्यान्वयनमा ल्याई विद्युतीय कारोबारलाई सुरक्षित र विश्वसनिय बनाउने नीति सरकारले अघि सारेको छ ।

सरकारले सबै किसिमका आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्न जोड दिने भएको छ । आर्थिक कारोबार पारदर्शी बनाउन सरकारले आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने घोषणा गरेको हो ।

सरकारले हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताएको छ । सरकारले नयाँ वर्षको अवसर पारेर गत वैशाख १ गते नै हरेक नेपालीको बैंक खाता अभियान शुरु गरेको थियो