ग्रामीण विकास लघुवितले बनाउँदैछ लाभासं बाड्ने क्षमता, देखिदैछ क्रमिक सुधार

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ९ महिना १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा १४.३७ प्रतिशत बढी हो । गतबर्ष लघुवित्तले १४ करोड ३७ लाख नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तले जगेडाकोषमा उल्लेखीय सुधार गरेकको छ । ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले जगेडा कोषमा ५६ करोड रुपैयाँ सञ्चित गरेको छ ।

जुन गतबर्षको यसैअवधिको तुलनामा ९७ प्रतिशत बढी हो । ऋणात्मक रहेको जगेडाकोष भएको क्रमिक सुधारले कम्पनीले विस्तारै लाभांश बाड्न सक्ने क्षमता बढाउँदै लगेको छ ।

यस अवधिमा लघुवित्तले ३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७६ करोड सापटी लिएर कूल ९ अर्ब ६८ करोड कर्जा लगानी गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ४.७६ प्रतिशत, प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा, प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानीको अनुपात १३.३२ गुणा बढी छ ।

लघुवित्तले बैशाख २७ गतेदेखि चुक्ता पूँजीको पचास प्रतिशत अर्थात ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गदैछ । कम्पनीले हकप्रद प्रयोजनका लागि चैत २९ गते बुकक्लोज गरेको थियो ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

प्रकाशित मिति: २२ वैशाख २०७६, आइतबार  ०९ : ०५ बजे