कुमारी जबको अत्याधुनिक वेवसाईट र मोवाईल एप सञ्चालनमा


मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि काम गर्दै आएको कुमारी जब प्रालिले आधुनिक वेबसाइटसँगै मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
छैठौं वार्षिकउत्सवको अवसर पारेर कुमारी जबले वेबसाइटलाई आधुनिक बनाउँदै मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुको सहजताका लागि वेब साइट र एप बनाइएको कम्पनीले जनाएको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यातिmको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो ।