विश्वकप छनोटमा आज नेपालले यूएईसँग खेल्दै


विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले बिहीबार यूएईसँग खेल्दैछ ।

समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ ।

नेपाल रहेको समूह ‘एच’ को खेलमा यूएईसहित बहराईन र यमन पनि समावेश छन्। नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम युएईमा छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार  ०८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।