नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने


नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी (कर सहित) कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। बैंकले अघिल्लो वर्ष ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।