बिहीबार कति छ सुन चाँदीको भाउ ?


नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर बनेको छ । बुधबार प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ अहिले पनि सोही भाउमा कायम छ ।

यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ १० रुपैयाँ घटेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९५ दशमलव २२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।