एनएलजी इन्स्योरेन्सले हकप्रद बिक्री गरेर बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब कायम गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित जेठ १४ गते विशेष साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले जेठ १४ गते बिहान १० बजे रसियन कल्चर सेन्टरको अडिटोरियम हलमा सभा आह्वान गरेको हो ।
साधारणसभामा ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजीको १० बराबर ६ कित्ताको दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव रहेको छ । हकप्रद जारी पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।
साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ । विशेष साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले जेठ ६ गते सेयर दाखिल खारेज बन्द रहनेछ ।
जेठ ५ गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा भाग लिन पानेछन ।
बीमा समितिले चालु आर्थिक वर्षको असार मसान्तसम्म न्यूनतम चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीहरुलाई कारबाही गर्ने जनाएपश्चात इन्स्योरेन्स कम्पनीहरु धमाधम पूँजी कायम गर्न हकप्रदको बाटो अंगिकार गर्न थालेका छन् ।
प्रतिक्रिया