काठमाण्डौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाण्डौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।
उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले एक लाख जरिवाना तिराएको काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनले भने, “उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको हो ।”
महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया