ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुधबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार, आज मंगलबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस सेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ । यस्तै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।