एट्टिक रेष्टुरेण्ट र सिटी एक्स्प्रेस ग्रुपबिच छुट सम्झौता


एट्टिक रेष्टुरेण्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच सेवाग्राहीलाई छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

एट्टिक रेष्टुरेण्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजका तर्फबाट सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले गरेको हस्ताक्षर अनुसार सिटी एक्स्प्रेस ग्रुप अफ कम्पनीजका ग्राहले रेष्टुरेण्टमा १० प्रतिशत छुट पाउने छन् । साथै दुवै कम्पनीले आफ्ना कर्मचारी र ग्राहकलाई उचित मूल्यमा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

दुबै कम्पनीले आगामी दिनमा सञ्चालन गर्ने सामाजिक कार्यहरुमा एकअर्काको प्रबर्द्धन गर्ने र दुई पक्षबीच हातेमालो गरी अघि बढ्ने सहमति समेत गरेका छन् ।

“नेपाली वित्तीय क्षेत्रको एक प्रतिष्ठित संस्थासँग मिलेर काम गर्न पाउँदा हामी खुसी छौं । आगामी दिनमा एक अर्काले आयोजना गर्ने कार्यक्रममहरुमा पनि सहकार्य हुने आशा गर्दछु, मलाई आशा छ कि यो सहकार्यले हाम्रा ग्राहकहरूलाई एकै ठाउँमा उभ्याउनेछ “ सम्झैतापत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेष्टुरेण्टका बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्टले भनिन् ।

सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजले सिटी वालेट नामक डिजिटल वालेट सेवा सुरु गर्दैछ । सिटी वालेट बजारमा आएपछि ग्राहकवर्गलाई आगामी दिनमा आर्थिक कारोबारमा सहज हुने अपेक्षा कम्पनीको छ ।

नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी संस्थासँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताउँदै सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले निकट भविष्यमा नै सिटी वालेट सेवा सुरु गर्न लागिएको जानकारी दिए । वालेटले प्रयोगकर्तालाई बजारमा उपलब्ध उत्कृष्ट सेवाहरू प्रदान गर्ने उनको दाबी थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।