मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा


मञ्जुश्री फाइनान्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले (कर सहित) हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ। गत वर्ष कम्पनीले लाभांश वितरण गरेको थिएन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।