गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने


गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरण योग्य नाफा संचित गर्ने र नाफा वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले सोही बमोजिम वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।