सुनको भाउ लगातार ऐतिहासिक बिन्दुमा


सुनको मूल्य लगातार ऐतिहासिक बिन्दुमा पुगेको छ । आइतबार नयाँ रेकर्ड बनाएको सुनको भाउले सोमबार पुन उक्त रेकर्ड तोडेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख २१ हजार ६०० रुपैयाँमा कायम गरिएको छ । यो हालसम्म कै उच्च रेकर्ड हो । आइबारको तुलनामा सोमबार छापावाला सुनको भाउ ८०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला छापावाला सुनको भाउ भाउ १ लाख २० हजार ८०० रुपैयाँ रहेको थियो । विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएको सुन-चाँदी व्यवसायीहरु बताउँछन् ।

रुस–युक्रेन तथा इजरायल हमासवीचको द्धन्दको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताए ।

त्यस्तै, अमेरिकाको केन्द्रीय बैंकले यसअघि छिटोछिटो नीतिगत ब्याजदर वृद्धि गरिरहेकोले सुनको मूल्यमा आकर्षण बढिरहेको सून चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको भाउ १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ५४५ रुपैयाँ तोकिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ८४ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।