मंगलबार अमेरिकी डलरको भाउ बढ्यो


सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ १२ पैसाले बढेको हो ।

सोमबार खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ रुपैयाँमा किनबेच भएको डलर मंगलबार खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको छ । सोमबार युरो १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा तोकिएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५७ पैसा र बिक्री दर ८८ रुपैयाँ ९७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा र बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्री दर १० रुपैयाँ २५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार  ०७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।