बुधबार कुन विदेशी मुद्राको भाउ कति ?


बुधबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरो १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९२ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३३ पैसा र बिक्री दर ८७ रुपैयाँ ७३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्री दर १० रुपैयाँ १७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार  ०७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।