सुनको मूल्य दुई दिनमा ३२ सय रुपैयाँले घटेको छ । मंगलबार १ लाख १९ हजार २०० रुपैयाँ पुगेको सुनको भाउ बुधबार १ लाख १८ हजार ४०० रुपैयाँमा कायम भएको छ ।
बुधबार सुनको भाउ ८०० रुपैयाँले घटेको हो । मंगलबार सुनको भाउ २४ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको भाउ १ लाख १८ हजार ६५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४८० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार २१ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया