सातादोबाटो जुत्ता घर : १५ सय भन्दा बढीको जुत्ता किन्दा भुँवा जुत्ता सित्तैमा


सातदोबाटो स्थित सेल्सबेरी भवनमा आइतबारदेखि सातादोबाटो जुत्ता घर सञ्चालनमा आएको छ । अर्थतन्त्र धरासायी अवस्थामा रहेका बेला नेपाली जुत्ता उद्योगीहरुले सामुहिक रुपमा जुत्ता घर सञ्चालनमा ल्याएका हुन् ।

जसमा उद्योगीहरुले उद्धघाटन गरेको दिनबाट १५ दिनसम्म १५ सय भन्दा बढीको जुत्ता किन्ने ग्राहकले भुँवा जुत्ता सित्तैमा पाउने अवसर ल्याएका छन् । यस्तै १ हजार भन्दा बढीको जुत्ता किन्दा १० प्रतिशत छुट पाउन सकिने छ । न्युरोडको जुद्ध सालिकसँगै न्युरोड प्लाजामा रहेको नेपाली जुत्ता घरमा पनि सोही छुट लागु हुनेछ । 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम खोलिएको सातदोबाटोको नेपाली जुत्ताघर पाचौं शोरुम हो । यसअघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ ।

सातदोबाटो नेपाली जुत्ता घरमा विएफ डियर हिल र वीएफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध छन् ।

उक्त सोरममा १००० भन्दा बढी डिजाइनका जुत्ता चप्पल छन् । उत्पादकबाट सिँधै उपभोत्ता समक्ष बजारीकरण भएको हुँदा सस्तो पर्न जाने उद्योगीहरु बताउँछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।