सुनको भाउमा वृद्धि, बिहीबार तोलाको कति ?


बिहीबार सूनको भाउमा सामान्य वृद्धि भएको छ । दुई दिनमा प्रतितोला ३२ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार २०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम गरिएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार बिहीबार प्रतितोला चाँदी १ हजार ४६० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।