दुई महिनामा १ हजार ३२९ जनाले गरे हिमाल आरोहण, साढे ७ करोड रोयल्टी संकलन


दुई महिनको अवधिमा १ हजार ३ सय २९ जनाले हिमाल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार स्वदेशी तथा विदेशी गरी शरद ऋतु (असोज र कात्तिक) मा २६० जना महिला र १ हजार ६९ जना पुरुष गरी १ हजार ३ सय २९ जनाले हिमाल आरोहण गरेका हुन् ।

दुई महिनामा ७६ वटा देशका नागरिकले ५२ वटा हिमाल आरोहण गरेका थिए । जसमा सबैभन्दा धेरै आमादब्लम हिमाल आरोहण गर्न अनुमती लिइएको थियो ।

आमादब्लमका लागि ४५ टिमबाट ४ सय १२ जना पुरूष र ८० जना महिला गरी ४ सय ९२ जनाले आरोहण गरेका हुन् । यस्तै मनास्लुका लागि २६ टिमबाट २३६ जना पुरुष र ६५ महिला गरी कूल ३०१ जनाले अनुमती लिएका छन् ।

हिमलुङ्गका लागि १५ टिमका ९५ पुरुष र ३० महिला गरी १२५ जनाले आरोहण अनुमति लिदाँ थोरोङ शिखरमा जान ७ टिमबाट ५१ जना पुरुष र १३ जना महिला गरी ६४ जनाले अनुमती लिएको विभागले जनाएको छ । यस्तै बरुणको लागि ४ टिमबाट ३३ जना पुरुष र ६ महिला गरी ३९ जनाले अनुमती लिएका छन् भने, पुथा हिमचुलीका लागि ५ टिमबाट २४ पुरुष र ९ महिला गरी ३३ जनाले अनुमती लिएका छन् ।

कुन हिमालबाट कति उठ्यो रोयल्टी ?

दुई महिनामा ५२ वटा हिमाल आरोहण गर्दा ७ करोड ६६ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमध्ये सबैभन्दा धेरै मानास्लु हिमाल आरोहणबाट ३ करोड ४० लाख ३७ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । यस्तै आमादब्लमका लागि २ करोड ६१ लाख ६५ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यसैगरी, हिमलुङ्गका लागि ४१ लाख ५० हजार, पुथाका लागि १० हजार ९४ हजार, कुम्भकर्णका लागि १ लाख ९८ हजार, बरण शिखरका लागि १२ लाख ९४ हजार रोयल्टी संकलन भएको छ ।

कुन देशबाट कतिले लिए अनुमती

अहिलेसम्म ७६ वटा देशका नागरिकले ५२ हिमाल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । जसमध्ये यस पटक सबैभन्दा धेरै युनाइटेड स्टेटबाट १ सय ३० जनाले हिमाल आरोहण गरेका छन् । उक्त देशबाट १८ महिला र ११२ पुरुष गरी १३० जनाले आरोहण गरेका हुन् ।

यस्तै फ्रान्सबाट १ सय २९ जना, जर्मेनीबाट ९६ जना, चाइनाबाट ७९ जना, बेलायतबाट ६७ जना, रसियाबाट ६७ जनाले आरोहण गरेका छन् ।

यता पोयाण्डबाट ४७ जनाले हिमाल आरोहणको अनुमती लिँदा नेपालबाट पनि ४७ जनाले नै आरोहण गरेका छन् । यस्तै जापानबाट ५१ जनाले अनुमती लिएका छन् भने स्वजरल्याण्डबाट ५० जनाले हिमाल आरोहण गरेका छन् । यस्तै स्पेनबाट ४०, बाट ३६ भारत र अष्टेलियाबाट ३८–३८ जनाले हिमाल आरोहण गरेको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।